
नारायण थापा
गोकर्णेश्वर, काठमाडौं । Asez World Mission Society Church of God University Student Volunteer Group (आसेज वल्र्ड मिसन सोसाइटी चर्च अफ गड युनिभर्सिटी स्टुडेन्ट भोलेन्टियर ग्रुप) को आयोजनामा गोकर्णेश्वर-४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा गत आइतबार स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ।


उक्त केन्द्रमा करिब ६० जना अभिभावकविहीन तथा शारीरिक अपाङ्गता भएका बालबालिका आश्रित रहँदै आएका छन्। केन्द्रको भवनको बाहिरी स्वरूप जीर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै बालबालिकालाई स्वच्छ र राम्रो वातावरण प्रदान गर्न संस्थाका युवा स्वयंसेवकहरूले भवनमा रङरोगन गर्नुका साथै आर्थिक सहयोग समेत जुटाएर श्रमदान गरेका हुन्।

युवा विद्यार्थीहरूको यस मानवीय तथा सामाजिक कार्यप्रतिको उच्च कदर गर्दै संयुक्त अपाङ्ग एकता आवाज केन्द्रले आसेज संस्थालाई प्रशंसापत्र प्रदान गरेको छ ।

कार्यक्रमका अवसरमा केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले आसेज समूहले पुर्याएको अतुलनीय योगदान र श्रमदानप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। अपाङ्गता भएका बालबालिकाको हित र उनीहरूको जीवनस्तर सहज बनाउन युवाहरूको यस्ता स्वयंसेवामूलक कार्यले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।


Related









Total views : 403100