
काठमाडौं । नेपाली कांग्रेस रसुवा जिल्लाको २७ वटै वडामा आज आइतबार वडा अधिवेशन हुने बताइएको छ । सदस्यता विवादले गर्दा रोकिएको वडा अधिवेशन सो विवाद समाधान भएसँगै अधिवेशन हुन लागेको हो ।
पार्टीको क्रियाशिल सदस्यता विवाद समाधान भएसँगै जिल्लाको २७ वटै वडामा अधिवेशन हुन लागेको कांग्रेसले बता्एको छ । २७ वटै वडामा सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइएको बताइएको छ । यसैगरी वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद हुँदै आएको थियो ।
शुक्रबार मात्रै जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको हो । ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ भने, शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको बताइएको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको कांग्रेसले बताएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295915



