बारद्धारा आजबाट देशव्यापी आन्दोलन | Jana Aawaj News

बारद्धारा आजबाट देशव्यापी आन्दोलन

सर्वोच्चका दुबै गेटबाट छिर्न नदिएपछि दंगा प्रहरी परिचालन

पढ्न लाग्ने समयः < 1 मिनेट
बारद्धारा आजबाट देशव्यापी आन्दोलन : Jana Aawaj News

काठमाडौं । नेपाल बार एसोसिएशनले आजबाट आफ्नो आन्दोलनलाई देशव्यापी बनाएको छ । आइतबार बारद्धारा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन दुबै गेटमा धर्नाको तयारी गरेपछि दंगा प्रहरी समेत परिचालन गरिएको छ ।

आजबाट आन्दोलनलाई थप कडा पार्दै बारले आज बिहान १० बजेदेखि नै अदालत परिसरमा धर्ना दिएका हुन् । शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेपछि आज दुबै गेटबाट छिर्न नदिन खोजेपछि दंगा प्रहरी नै परिचालन गरिएको छ । जबरा आज पनि मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् ।

यसैगरी सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकोमा आजदेखि आन्दोलन देशभर विस्तार गरिएको बारले जानकारी गराएको छ । बारले बताएअनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नहुँने बताइएको छ ।

जबराले इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न समेत अनिच्छा देखाएपछि न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लाग्दै आएको छ ।

नेपाल बार एसोसिएशनले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न