रसुवा जिल्लाको २७ वटै वडामा आज कांग्रेसको अधिवेशन | Jana Aawaj News

रसुवा जिल्लाको २७ वटै वडामा आज कांग्रेसको अधिवेशन

सहमतिमै नेतृत्व चयन गर्न पार्टीको निर्देशन

पढ्न लाग्ने समयः < 1 मिनेट
रसुवा जिल्लाको २७ वटै वडामा आज कांग्रेसको अधिवेशन : Jana Aawaj News

काठमाडौं । नेपाली कांग्रेस रसुवा जिल्लाको २७ वटै वडामा आज आइतबार वडा अधिवेशन हुने बताइएको छ । सदस्यता विवादले गर्दा रोकिएको वडा अधिवेशन सो विवाद समाधान भएसँगै अधिवेशन हुन लागेको हो ।

पार्टीको क्रियाशिल सदस्यता विवाद समाधान भएसँगै जिल्लाको २७ वटै वडामा अधिवेशन हुन लागेको कांग्रेसले बता्एको छ । २७ वटै वडामा सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइएको बताइएको छ । यसैगरी वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद हुँदै आएको थियो ।

शुक्रबार मात्रै जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको हो । ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ भने, शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको बताइएको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको कांग्रेसले बताएको छ ।

 

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न