नेपाल आयल निगमको कार्यालय संयुक्त विद्यार्थी संगठनद्वारा घेराउ | Jana Aawaj News

नेपाल आयल निगमको कार्यालय संयुक्त विद्यार्थी संगठनद्वारा घेराउ

तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल आयल निगमको कार्यालय संयुक्त विद्यार्थी संगठनद्वारा घेराउ : Jana Aawaj News

काठमाडौँ । आज संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

विद्यार्थी संगठनले आज बिहान १० बजेबाट नेपाल आयल निगमको कार्यालय घेराउ गरी तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका छन् । निगम घेराउ गर्दै विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

जनतालाई मार पर्ने कदम र बढाइएको उक्त मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिएका छन् । यस्तै पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलनलाई तिब्रता दिएको छ ।

आज सत्तारुढ नेकपा माओवादी केन्द्रमा आबद्ध विद्यार्थी संगठन, अनेरास्ववियु क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीमा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा नै बहिष्कार गर्नु पर्ने बताएका छन् ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न