
काठमाडौँ । आज संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
विद्यार्थी संगठनले आज बिहान १० बजेबाट नेपाल आयल निगमको कार्यालय घेराउ गरी तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका छन् । निगम घेराउ गर्दै विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
जनतालाई मार पर्ने कदम र बढाइएको उक्त मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिएका छन् । यस्तै पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलनलाई तिब्रता दिएको छ ।
आज सत्तारुढ नेकपा माओवादी केन्द्रमा आबद्ध विद्यार्थी संगठन, अनेरास्ववियु क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीमा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा नै बहिष्कार गर्नु पर्ने बताएका छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295921



