रैराङ हाइड्रोपावरले कमायो ४ करोड ६ लाख ३४ हजार नाफा | Jana Aawaj News

रैराङ हाइड्रोपावरले कमायो ४ करोड ६ लाख ३४ हजार नाफा

पढ्न लाग्ने समयः < 1 मिनेट
रैराङ हाइड्रोपावरले कमायो ४ करोड ६ लाख ३४ हजार नाफा : Jana Aawaj News

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । गत आर्थिक बर्षको तुलनामा उक्त नाफा २७.७३ प्रतिशतले कम रहेको छ ।

यस्तै गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ भने, कम्पनीले विद्युत बिक्रीबाट ९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँँ २४ पैसा छ भन,े प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७८ पैसा रहेका छ । हाल यो कम्पनी र रिडी हाइड्रोपावरका बिचमा मर्जरका प्रारम्भिक सम्झौता भइसकेकाले यो कम्पनीको सेयरको दोस्रो बजार कारोबार रोक्का गरिएको बताइएको छ ।

+ posts