कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान | Jana Aawaj News

कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान

पढ्न लाग्ने समयः < 1 मिनेट
कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान : Jana Aawaj News

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आग्रह गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति निकालेर आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्दै न्यायपालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गर्दै उहाँले छलफलमा आउन आह्वान गर्नुभएको हो ।

आजको उक्त विज्ञप्तीमा विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा विभिन्न प्रश्नहरू उठिरहँदा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएशन र न्यायपालिकाबीच हातेमालो हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उहाँले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको उल्लेख गर्नुभएको छ । उहाँले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालत परिसरमा लगातार भईरहेको वकिलहरुको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्ता गतिविधि दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गर्नुभएको छ
।
यस्तो छ, विज्ञप्ती˸

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न