माओवादी केन्द्रका १७५ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश | Jana Aawaj News

माओवादी केन्द्रका १७५ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश

पढ्न लाग्ने समयः < 1 मिनेट
माओवादी केन्द्रका १७५ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश : Jana Aawaj News

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ र १० साविक लामाटार गाविसमा नेकपा माओवादी केन्द्रमा रहेका १७५ भन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । लामाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालको नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ती नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।

उक्त पार्टी प्रवेश कार्यक्रममा विगतमा ठुलो जनधनको क्षति व्यहोरेर जनयुद्ध गरी सत्ताको केन्द्रमा पुगेको माओवादी केन्द्रका नेताहरु पछिल्लो समय सत्ता र स्वार्थमा केन्द्रित हुँदै तल्लो वर्गका जनताको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिएकोले अब उक्त पार्टीको औचित्यता सकिएको एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताले बताएका छन्

एमालेमा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको जिल्ला सदस्य रामप्रसाद तिमल्सिना, वाइसियलको नगर इन्चार्ज र विगतको स्थानीय निर्वाचनमा महालक्ष्मी ९ को वडाध्यक्षको उम्मेदवार रहेका मोहनकृष्ण तण्डुकार, वीरमान तामाङ, सुरेश पोखरेल, हरिकृष्ण थापा लगायतका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

ललितपुर लामाटारका पूर्व गाविस अध्यक्ष समेत रहेका एमालेका बाग्मती प्रदेश कमिटी सदस्य चिरञ्जीवि आचार्यको समन्वयमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

 

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न