
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो चोकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा वाग्मती प्रदेश ०३–०२७प २३२ ५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295874
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


