थिमि चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु | Jana Aawaj News

थिमि चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
थिमि चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु : Jana Aawaj News

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो चोकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा वाग्मती प्रदेश ०३–०२७प २३२ ५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न