आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर | Jana Aawaj News

आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर

पढ्न लाग्ने समयः < 1 मिनेट
आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर : Jana Aawaj News

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिविरुद्ध आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । सो घोषणाको काठमाडौं उपत्यकामा आंशिक रुपमा केहि असर परेको छ ।

बन्दको समयमा सार्वजनिक यातायातका साधन न्युन मात्र चलेका छन् । अत्यावश्यक दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधनहरु चलेका छन् ।

नेकपाका महासचिव रहेका विप्लवले गत बिहीबार नै वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध कार्तिक ३० गते आज नेपाल बन्द गर्ने घोषणा गरेको थियो । उक्त वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न माग समेत गरिएको छ ।

+ posts