भक्तपुरमा आचारसंहिताको उल्लघंन | Jana Aawaj News

भक्तपुरमा आचारसंहिताको उल्लघंन

प्रचार सामग्री धमाधम सुरक्षाकर्मीको टोलद्वारा हटाइँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा आचारसंहिताको उल्लघंन : Jana Aawaj News

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताको उल्लघंन गरिएपछि धमाधम प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मध्यपुर नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जानकारी गराएको छ । विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले बताउनुभयो ।

नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याचजस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको कँडेले जानकारी दिनुभयो ।

यस्तै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदान स्थलमा खटाइने कार्यालयले जानकारी गराएको छ ।

+ posts