सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता | Jana Aawaj News

सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता : Jana Aawaj News

भक्तपुर जेष्ठ १ । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट नेकपा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ ।

नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी  राप्रपाका शेखर थापाले ११३० मत ल्याएका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित भएका थिए ।

यस्तै सिरुटारमा एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्यमा मंजु कार्की, दलित महिला सदस्यमा कल्पना कार्की, खुल्ला वडा सदस्यमा कुमार प्रसाद चौलागाईले विजय भएका छन् । खुल्ला वडा सदस्यमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

प्रारम्भिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका निसान ढुङ्गेल अगाडी छन् भने, उपमेयरमा नेकपा एमालेका उम्मेदवार सरिता तिम्सिना भट्टराई अगाडी रहेकी छिन् ।

+ posts