युवा संघद्धारा काठमाडौंको सडकमा थुप्रिएको फोहोर सरसफाई | Jana Aawaj News

युवा संघद्धारा काठमाडौंको सडकमा थुप्रिएको फोहोर सरसफाई

पढ्न लाग्ने समयः < 1 मिनेट
युवा संघद्धारा काठमाडौंको सडकमा थुप्रिएको फोहोर सरसफाई : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीद्वारा आयोजित फोहोर मैला व्यवस्थापन तथा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सघंले काठमाडौंको बानेश्वर क्षेत्रमा थुप्रिएको फोहोर उठाएको छ । तीन वटा ट्रक प्रयोग गरेर युवा संघले फोहोर उठाएको हो ।


यस्तै अन्य क्षेत्रमा थुप्रिएको फोहोर पनि व्यवस्थापन गरिने युवा संघले जानकारी गराएको छ । काठमाडौं महानगरमा चुलिएको फोहोरको व्यवस्थापनका लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

लामो समयसम्म पनि उपत्यकाको फोहोर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहोर संकलन गरिएको युवा संघले जनाएको छ ।


राजधानी काठमाडौंमा फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
2 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
3 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
4 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न