सुशासनमा चुनौति देखियो : गृहमन्त्री श्रेष्ठ | Jana Aawaj News

सुशासनमा चुनौति देखियो : गृहमन्त्री श्रेष्ठ

पढ्न लाग्ने समयः < 1 मिनेट
सुशासनमा चुनौति देखियो : गृहमन्त्री श्रेष्ठ : Jana Aawaj News

काठमाडौं । पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनमा चुनौति देखिएको बताउनुभयो ।

 

पोखरामा शुक्रबारबाट सुरु भएको गोष्ठीमा उहाँले राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्थामा भने परिवर्तन नआएको बताउनसभयो । उहाँले ठूलो त्यागबाट प्राप्त व्यवस्थालाई संस्थागत गर्नुपर्ने कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नहुने बताउनुभयो ।

उहाँले देशको आर्थिक समृद्धि मुख्य कार्यभार र सामाजिक न्यायसहितको समृद्धि सरकारको लक्ष्य भएको बताउदैे गृह मन्त्रालय भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न लागेको बताउलभयो । साथै सरकारले सहकारीका समस्याबारे नयाँ निर्णय गर्दै सहकारीहरुलाई नियमन गर्ने निकाय तत्काल गठन गरी सहकारी ऐन संशोधनसहित समाधानका उपायहरु अपनाइने उहाँले जानकारी दिनुभयोे ।

आज र भोलि चल्ने उक्त बैठकमा सङ्घीय गृहमन्त्रालय, विभिन्न सुरक्षा निकायका प्रमुख, गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुको सहभागीता रहेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न