यू १९ विश्वकपक, पहिला नेपाल भारतविरुद्ध बलिङ गर्दै | Jana Aawaj News

यू १९ विश्वकपक, पहिला नेपाल भारतविरुद्ध बलिङ गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
यू १९ विश्वकपक, पहिला नेपाल भारतविरुद्ध बलिङ गर्दै : Jana Aawaj News

काठमाडौं । यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा शुक्रबार नेपालले अन्तिम खेल खेलिरहेको छ ।

दक्षिण अफ्रिकामा आयोजित उक्त खेलमा टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ । यसैगरी सुपर सिक्समा नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगिताको सेमिफाइनलबाट नेपाल यसअघि नै बाहिर रहेकाले यो नेपालको अन्तिम खेल भएको छ ।

आज भईरहको खेलमा नेपालले टिम परिवर्तन गरेको छ । आजको खेलमा आकाश त्रिपाठी, विपिन रावल र दीपक बोहरा बाहिर रहेका छन् भने, दीपक बोहोरा, दीपक डुर्मे र उत्तम मगर टिममा रहेका छन् ।

आजको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन् । उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन् । सिंहले १८ बलमा २१ रन बनाए भने, यता ५ ओभरको समाप्तिमा भारत २६ रन बनाएर खेलिरहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न