भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन : तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त | Jana Aawaj News

भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन : तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन : तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त : Jana Aawaj News

रोशन राज अर्याल
भक्तपुर । भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा बागमती प्रदेश सरकारले पुन : तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त गरेको छ ।

विभिन्न अस्पताल सुधार गर्न सक्ने अब्बल नेतृत्व भूमिका भएकी विशेषज्ञ डा. गौतमले यस अघि नै दुई पटक भक्तपुर अस्पतालको नेतृत्व गरिसक्नु भएको छ । २०७९ माघ २७ मा ११ औँ तहमा बढुवा हुनु भएको थियो ।

भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट बनाउन नेतृत्व लिनुभएको गौतमलाई फिर्ता लिन प्रदेश सँग परामर्श नगरेको भन्दै मुख्यमन्त्री शालीकराम जम्कट्टेलले संघीय मन्त्रालयसंग असन्तुष्ट व्यक्त गर्नुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन : डा गौतमलाई प्रदेशमा काज सरुवा गरेसँगै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले उहाँलाई भक्तपुर अस्पतालको मेसुमा पदस्थापन गरेको छ ।

डा.गौतम भक्तपुर अस्पतालको तेस्रो पटक नेतृत्व समाल्दै गर्दा भक्तपुर अस्पतालको मेसु भएका डा.त्रिभुवन चन्द्र झालाई भने नुवाकोट सरुवा गरिएको छ । डा. गौतमको नेतृत्वमा नै सिन्धुली अस्पतालमा समेत २०७४ मा उत्कृष्ठ हुन सफल भएको थियो भने, २०७७ मा भक्तपुर अस्पताल पनि बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न