
रशिला थापा
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ गतेदेखि फागुन २४ गतेसम्म संचालन हुने भएको छ ।

मध्यपुर युथ एसोसिएसनले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । उक्त प्रतियोगिता मध्यपुर थिमि नगरपालिकाको सहयोगमा हुन भएको हो ।

एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहका अनुसार सो प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका नौ वटा वडाका एक–एक टीमको सहभागिता हुने बताउनुभयो।
सिंहका अनुसार प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्नेछन् भने, २८ लाख रूपैयाँ खर्च हुने प्रतियोगिता सञ्चालन गर्न मध्यपुर थिमि नगरपालिकाले २५ लाख उपलब्ध गराउने उहाँले जानकारी गराउनुभयो । बाँकी रकम प्रायोजक र अन्य संघ संस्थाबाट सहयोग संकलन गरि जुटाइने उहाँले बताउनुभयो ।
सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता आयोजक समितिका संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सबै टिमले आठ खेल खेल्ने बताउनुभयो ।
प्रतियोगितामा सबै टीमले आठ–आठ वटा गरि ३६ वटा खेल सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार नगद पुरस्कारको राशि रहेको छ ।

खेलमा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद १० हजार सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, र प्रतियोगिताभरको अनुशासित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद २५ हजार प्रदान गरिने बताइएको छ ।

- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 





 Total views : 295906
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


