मध्यपुरमा माघ २९ गतेदेखि फागुन २४ सम्म वडा लिग फुटबल हुने | Jana Aawaj News

मध्यपुरमा माघ २९ गतेदेखि फागुन २४ सम्म वडा लिग फुटबल हुने

पढ्न लाग्ने समयः 2 मिनेट
मध्यपुरमा माघ २९ गतेदेखि फागुन २४ सम्म वडा लिग फुटबल हुने : Jana Aawaj News

रशिला थापा
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ गतेदेखि फागुन २४ गतेसम्म संचालन हुने भएको छ ।

मध्यपुर युथ एसोसिएसनले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । उक्त प्रतियोगिता मध्यपुर थिमि नगरपालिकाको सहयोगमा हुन भएको हो ।

एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहका अनुसार सो प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका नौ वटा वडाका एक–एक टीमको सहभागिता हुने बताउनुभयो।
सिंहका अनुसार प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्नेछन् भने, २८ लाख रूपैयाँ खर्च हुने प्रतियोगिता सञ्चालन गर्न मध्यपुर थिमि नगरपालिकाले २५ लाख उपलब्ध गराउने उहाँले जानकारी गराउनुभयो । बाँकी रकम प्रायोजक र अन्य संघ संस्थाबाट सहयोग संकलन गरि जुटाइने उहाँले बताउनुभयो ।

सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता आयोजक समितिका संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सबै टिमले आठ खेल खेल्ने बताउनुभयो ।
प्रतियोगितामा सबै टीमले आठ–आठ वटा गरि ३६ वटा खेल सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार नगद पुरस्कारको राशि रहेको छ ।

खेलमा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद १० हजार सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, र प्रतियोगिताभरको अनुशासित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद २५ हजार प्रदान गरिने बताइएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न