भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु | Jana Aawaj News

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु

पढ्न लाग्ने समयः 3 मिनेट
भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु भएको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले “खेलकुद स्वास्थ्यको निम्ति हो” भन्नुहुदै खेलकुदले जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने बताउनुभयो ।

खेलाडीहरुलाई खेलले अनुशासित बनाउने हुनाले भक्तपुर नगरपालिकाले हरेक वर्ष निरन्तर आयोजना गरिरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको व्यक्तित्व विकास, अनुशासन र मित्रताको लागि थप उर्जा दिने बताउनुहुँदै खेलाडीहरु देश र जनताप्रति समर्पित हुने प्रतिबद्ध हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।


“खेलकुदमा गरेको लगानी कहिल्यै खेर जाँदैन” भन्नुहुदै निजी दर्ता नभएको जग्गा सरकारको हुन्छ र शहिद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि टगारो हाल्ने प्रतिगामी कदमलाई जनस्तरबाट विरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रुपमा सञ्चालन हुने बताउँदै उहाँले यस प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका २२०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी गराउनु भयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरुलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, नियमित खेल प्रशिक्षण र समय समयमा खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले ७ दिनसम्म सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजनाले १० वटै वडामा १५ वटा खेलकुदका गतिविधि हुने र पूरै नगर खेलकुदमय भई यो सातालाई खेलकुद महोत्सवको रुपमा मनाइने जानकारी दिनुभयो ।


भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर नगरपालिकाले खेलकुदलाई महत्व दिंदै नगरभित्र रहेका ७५ वटा विद्यालयहरुलाई प्रतियोगितामा समावेश गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा ९० वटै विद्यालयहरुलाई सहभागी गराउन प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीहरुको जीवनलाई सकृय बनाई शारिरिक र मानसिक रुपमा तन्दुरुष्ट बनाउने तथा विद्यार्थीहरुको सर्वाड्डिण विकासमा मद्दत पु¥याई देश विकासमा खेलकुदले महत्वपूर्ण योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो । उहाँले साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन सकिने धारणा व्यक्त गर्नुहुँदै खेलकुद पूर्वाधारको विकासमा जोड दिनुपर्ने समेत विचार व्यक्त गर्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलेले मित्रता, अनुशासन र आत्मरक्षाको लागि खेलकुदको अपरिहार्य रहेको बताउनुहुँदै विद्यार्थीहरुले शिक्षा सँगसँगै खेलकुद र स्वास्थ्यलाई अगाडि बढाउनुपर्ने विचार राख्नुभयो । उहाँले हरेक विद्यार्थी कुनै न कुनै खेलमा संलग्न हुनुपर्नेमा जोड दिनुहुँदै युवाहरुलाई विदेशिनबाट जोगाई देशमै आप्mनो पहिचान सहित सक्षम नागरिक बनाउन सरकारले उचित भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने १५ विधाका विभिन्न खेलकुद प्रतियोगिताले सिंड्डो भक्तपुर खेलकुदमय हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले खेलको माध्यमबाट नगरलाई चिनाउन विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हुनाले खेलकुद पूर्वाधारको विकास गरी देशको लागि योग्य नागरिक बनाउन भक्तपुर नगरपालिकाले समय समयमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भई सकेपछि घोषणापत्र बमोजिम खेलकुद क्षेत्रमा उल्लेखनीय कार्य गर्दे आइरहेको बताउनुहुँदै नगरपालिकाले खेलकुद प्रशिक्षकको व्यवस्था, उत्कृष्ट खेलाडी सम्मान र विद्यालयस्तरीय तथा अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिंदै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले शहिद स्मृति खेल मैदानलाई सुधार गरी कभर्ड हलको रुपमा विकास गर्न सकेमा विभिन्न खेल प्रतियोगिताहरु आयोजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाद्वारा आयोजित खेलकुद प्रतियोगितामा ७५ वटा विद्यालयले प्रतियोगितामा भाग लिएको जानकारी गराउनुहुँदै खेलकुद प्रतियोगिता सञ्चालनमा योगदान गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा खेलाडीको तर्फबाट टेबुल टेनिस खेलाडी लिब्सा सुवाल र रेफ्रीको तर्फबाट श्रीप्रसाद कोजूले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न सपथ लिएका थिए । उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए ।

यस्तै नगरस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन र्याली:

नगरपालिकाको आयोजना २०८० माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुदको र्याली भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भएर गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
र्याली सुरु हुनु अघि भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले प्रतियोगितामा भाग लिनु हुने विद्यालय तथा खेलाडीहरुलाई अनुशासित रुपमा खेलमा भाग लिने अपेक्षा सहित वडा वडामा हुने खेलहरुकोबारे जानकारी दिनुभयो ।


भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिता हुने बताइएको छ ।

र्यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, स्वयम्सेवकहरु, धिमे बाजा, विभिन्न विद्यालयहरु र प्रतियोगी खेलाडीहरु, नपाका खेलकुद प्रशिक्षार्थीहरु, टीम, क्लब, पुस्तकालय, सहकारी संस्थाका प्रतिनिधि तथा खेलप्रेमी तथा सबै वडाका खेलकुद समितिका पदाधिकारीहरु, भक्तपुर नगरपालिकाका कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।

 

+ posts