ख्वप विश्वविद्यालय विधेयक पारित गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण | Jana Aawaj News

ख्वप विश्वविद्यालय विधेयक पारित गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
ख्वप विश्वविद्यालय विधेयक पारित गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री अशोककुमार राईसमक्ष भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुरोध पत्र हस्तान्तरण गर्नुभएको छ ।

भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङको सुनिल दुवालसमेतको टोलीले सोमबार मन्त्री राईलाई ध्यानाकर्षण गराउनुभएको हो ।

सोही क्रममा मन्त्री राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक २०८० छिट्टै संसदमा पेश गर्ने तयारी भइरहेको बताउँदै हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा मन्त्रालय अग्रसर रहेको बताउनुभयो । उहाँले विभिन्न विज्ञहरुसँग छलफल गरी मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयकको तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री राईले देशमा भ्रष्टाचार रोक्न सके र उपलब्ध स्रोत साधनको उपयोग गरी इमानदारीपूर्वक काम भए देशको विकास छिटो हुने बताउनुभयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले वि.सं. २०५६ सालमा ख्वप उच्च मा.वि., २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजहरुमा देशभरका सात हजारभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेको अवगत गराउँदै ख्वप विश्वविद्यालय स्वीकृत भएमा जनतालाई फाइदा हुने बताउनुभयो ।

प्रमुख प्रजापतिले शिक्षा मन्त्रालयबाट ख्वप विश्वविद्यालय सम्बन्धी समितिसमेत गठन गरी सकेको हुँदा आवश्यक प्रकृया पु¥याइ भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी “ख्वप विश्वविद्यालय विधेयक २०८०” संसद्बाट पारित गर्ने प्रकृया अगाडि बढाउन अनुरोध समेत गर्नुभयो ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न