एमालेसँग एक्लै लड्ने पार्टीको जमानत जफत हुने, अध्यक्ष ओलीको दाबी | Jana Aawaj News

एमालेसँग एक्लै लड्ने पार्टीको जमानत जफत हुने, अध्यक्ष ओलीको दाबी

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेसँग एक्लै लड्ने पार्टीको जमानत जफत हुने, अध्यक्ष ओलीको दाबी : Jana Aawaj News

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गर्नु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौती समेत दिनुभएको छ । उहाँ उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुट्न पार्र्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभएको छ ।
कार्यक्रममा उहाँले माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्र्टी खोलेको भन्दै खनिए । उहाँले ‘माधव नेपालजस्तो लाजसरम पचेको मान्छे मैले कहीँ नदेखेको बताउँदै’ माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उहाँले अहिले शेरबहादुर देउवाको भान्सामा दूधभात खान म्याउँ गरेर पुगेको व्यंग्य समेत गर्नुभयो । माधव नेपालले आफैले पतनको बाटो रोजेको उल्लेख गर्दै अध्यक्ष ‘अहिले हाम्रा घरका विरालाहरु शेरबहादुर देउवाको भान्सामा देखिएका छन् । अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यहीँ खाटामा बञ्चराले अहिले हानेको बताउनुभएको हो । यसैगरी एमसीसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले माग गर्नुभएको छ । ओलिले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौता गरेको बताउँर्दैै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाउनुभयो । कार्यक्रममा एमसीसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई उहाले सचेत पार्नुभएको छ ।
यसैगरी कार्यक्रममा ओलीले चीनसँगको सिमा विवादको कुरा गर्दै अहिले कुनै पनि सीमा सम्बन्धि चिनसँग विवाद नरहेको बताउनुभयो । विवाद नै नभएको कुरालाई सरकारले सिमा विवाद अध्ययन समिति बनाएकोले उहाँले यसमा आपत्ति समेत जनाउनुभयो ।

+ posts