
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज आइतवारदेखि लिलामीमा विक्री खुला हुने बताइएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक, मन्जुश्री फाइनान्स र कामना सेवा विकास बैंकको संस्थापक लिलामीमा विक्री खुला गर्ने बताएको छ ।
यसैगरी सेन्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्ने भएका छन् ।
सेन्चुरी कमर्सियल बैंकको शेयरको न्यूनतम मूल्य रू.१५०, मन्जुश्री फाइनान्सको रू.३५० र कामना सेवा विकास बैंकको रू.२५० तोकिएको छ । सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj