फिफा विश्वकप छनौटमा स्पेन र इंग्ल्यान्डको सहज जित | Jana Aawaj News

फिफा विश्वकप छनौटमा स्पेन र इंग्ल्यान्डको सहज जित

पढ्न लाग्ने समयः < 1 मिनेट
फिफा विश्वकप छनौटमा स्पेन र इंग्ल्यान्डको सहज जित : Jana Aawaj News

एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा स्पेन र इंग्ल्यान्डले फराकिलो जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गर्दा इंग्ल्यान्डले पनि एन्डोरालाई समान ४–० ले पराजित गरेको छ ।
यस्तै छनोटको समूह बी मा रहेको स्पेनको यो तेस्रो जित रहेको छ । स्पेनले पाँच खेलमा १० अंक जोड्न सफल भएको छ भने, स्पेन शीर्ष स्थानमा पुग्न समेतसफल भएको छ । जर्जिया एक अंकका साथ पुछारमा झरेको छ । यो समूहको अर्को खेलमा कोसोभो र ग्रीसले १–१ गोलको बराबरी खेलका थिए ।
खेलमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाउन सफल भएका थिए । यस्तै २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेनको अग्रता दोब्बर बनेको थियो । पहिलो हाफमा फराकिलो अग्रता बनाउने क्रममा ४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३–० को अग्रताले जित हासिल गर्न सफल भयो । दोस्रो हाफमा स्पेनले थप एक गोल थप्दै ६३ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई ४–० को सहज जित निकाल्न सफल भएको थियो ।

यता फिफा विश्वकप छनोट अन्तर्गत समूह आईुमा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरामाथि हाबी भएको थियो । खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४–० ले पराजित गर्न सफल भयो । इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गर्दा कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपेका थिए ।
खेलको १८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउँदै खेलको ७२ औं मिनेटमा कप्तान केनको पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बन्यो । ७८ औं मिनेटमा लिंगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्ड ३–० को जित निकाल्दै ८५ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको ४–० को फराकिलो जित निकाल्न सफल भयो । समूह आईमा रहेको इंग्ल्यान्डले १५ अंक जोडेको छ भने, इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा उक्लन सफल भएको छ भने, एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

+ posts