
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज सोमवारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ ।
तीन कम्पनी मध्य आरएमडीसी लघुवित्तको ३ लाख ५ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता र संस्थापक शेयर भदौ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको बताइएको छ । यसैगरी नागरिक लगानी कोषको न्यूनतम मूल्य रू. १ हजार २९४, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ५४१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५२९ रहेको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने बताइएको छ ।
यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने, आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता तथा नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj