आजदेखि एनआईसी एशिया बैंकको ३ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा | Jana Aawaj News

आजदेखि एनआईसी एशिया बैंकको ३ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा

पढ्न लाग्ने समयः < 1 मिनेट
आजदेखि एनआईसी एशिया बैंकको ३ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा : Jana Aawaj News

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज सोमवारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ ।
तीन कम्पनी मध्य आरएमडीसी लघुवित्तको ३ लाख ५ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता र संस्थापक शेयर भदौ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको बताइएको छ । यसैगरी नागरिक लगानी कोषको न्यूनतम मूल्य रू. १ हजार २९४, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ५४१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५२९ रहेको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने बताइएको छ ।
यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने, आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता तथा नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

 

+ posts
ताजा
1 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
2 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्वारा ललितपुरको ठेचोमा Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न