ऐतिहासिक भाजु पुखूमा सरसफाइ सम्पन्न | Jana Aawaj News

ऐतिहासिक भाजु पुखूमा सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
ऐतिहासिक भाजु पुखूमा सरसफाइ सम्पन्न : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुरको ऐतिहासिक भाजु पुखू परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । २०८० फागुन २५ गते शिवरात्रीको दिनमा भाजु पुखू उद्घघाटनको तयारीस्वरुप नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, वडाका स्थानीय, विद्यालयका प्रतिनिधिलगायतको सहभागितामा पोखरी परिसरमा सरसफाइ गर्नुका साथै पोखरीमा रहेको लेउ सफा गर्ने कार्य गरेको छ ।


सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो समयदेखि जीर्ण अवस्थामा रहेको भाजु पुखूलाई पुनःजीवन दिने काम भएको बताउँदै पोखरीलाई सुन्दर र जीवन्त बनाइराख्न पोखरीको नियमित सरसफाइको खाँचो औंल्याउनुभो ।


करिब ३२ रोपनी क्षेत्रफल ओगटेको भाजु पुखू भक्तपुरकै ठूलो पोखरी भएको बताउँदै पोखरी परिसरलाई सुरक्षित राख्नुपर्ने बताउनुभयो ।


भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सरसफाइ कार्यक्रममा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधि आयोजनाले सम्पदाप्रति स्थानीयको अपन्त्व कायम हुने बताउनुभयो ।भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भाजु पुखु पुनःनिर्माण सम्पन्न भएसँगै यस क्षेत्रको सुन्दरता अझ बढेको बताउँदै पोखरी सर्वसाधारणका लागि खुल्ला भएसँगै यहाँको आर्थिक गतिविधिमा पनि व्यापकता पाउने बताउनुभयो ।


भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भाजु पुखू उद्घघाटन कार्यक्रममा सम्पूर्णलाई सहभागिताको लागि आह्वान गर्दै उद्घघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न