उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायक स्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनको लागि यस्ता अभिमुखीकरण कार्यक्रमले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

कार्यक्रमका स्रोत व्यक्ति तथा वागीश्वरी कलेजका शिक्षक नविन प्रजापतिले विद्यालय शिक्षा अध्ययनपश्चात् विद्यार्थीहरुलाई के–कस्तो आधारमा उच्च शिक्षाका लागि आफ्नो भविष्य अनुकुल विषय छनोट गर्ने, वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेको छ, साथै वागीश्वरी कलेजमा उद्यमशील स्वरोजगार कार्यक्रमले विद्यार्थीहरु कसरी लाभाम्वित भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९/८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।

दुई दिनसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रममा कक्षा १२ का १ सय ५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
2 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
3 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
4 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न