
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्ने भएको छ ।
सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको छ ।
अस्पतालमा आयोजित उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार डि.के. रौशन र लायन्स क्लवका तर्फबाट लायन्स क्लव अफ इन्टरनेसनल डिष्ट्रिक ३२५ जी नेपाल गर्भनर दिपक कृष्ण प्रजापतिले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सोही सम्झौता अनुसार लायन्सले ब्लड बैंक स्थापनाका लागि लायन्सले एक लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता अनुसार निर्वाचित भएदेखी नै जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको विकासलगायतका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिँदैं ब्लड बैंक स्थापना पनि त्यसैको निरन्तरता भएको बताउदै मध्यपुर थिमि नगरवासी भविष्यमा रगतको अभावमा उपचारबाट वञ्चित हुन नपरोस भनी अस्पतालमा ब्लड बैंक स्थापनाको प्रयास गरेको बताउनुभयो ।
यस्तै कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं.५ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, लायन केपी अवाललगायतको उपस्थिती रहेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 305737



