एक सय वर्षीय हरिलाल पञ्चलाई सम्मान | Jana Aawaj News

एक सय वर्षीय हरिलाल पञ्चलाई सम्मान

पढ्न लाग्ने समयः < 1 मिनेट
एक सय वर्षीय हरिलाल पञ्चलाई सम्मान : Jana Aawaj News

भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन् । नपली नेपाः पुचःले टोलको सवैभन्दा जेष्ठ एक सय वर्ष भएकोमा सम्मान स्वरुप अभिनन्दन गरेको हो । पुचःका अध्यक्ष इन्द्रमान श्रेष्ठले दोसल्ला ओढाई, सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाएको थियो । उनकी धर्मपत्नी केशरी पंच पनि सम्मान कार्यक्रममा मञ्चमा थिइन् । उनको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उहाँ पनि एक सय वर्ष प्रवेशको क्रममा छन् ।

कार्यक्रममा हरिलालले आफूलाई सम्मान गरेको संस्थाका लागि पाँंच हजार नगद सहयोग प्रदान गर्नुभयो । संस्थाले टोलमा वनाउँंदै गरेको घाट (श्राद्ध गर्ने ठाउँं) बनाउन रकम अभाब भएकोले बुबा हरिलालको नाममा आफूले रकम सहयोग गरेको कान्छो छोरा लक्ष्मीप्रसादले बताउनुभयो ।

 

+ posts
ताजा
1 नेकपा एमालेका सचीव महेश बस्नेतले गरे मतदान
2 सुनको मूल्य कति पुग्यो ?
3 महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं
4 वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न