सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषदद्वारा सपथ ग्रहण | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषदद्वारा सपथ ग्रहण

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषदद्वारा सपथ ग्रहण : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषद्ले पूर्णता प्राप्त गरेको छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट परिषदका अध्यक्ष सरिता तिमिल्सिना भट्टराईको अध्यक्षतामा बसेको परिषदको बैठकमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा स्थानीइ स्काउट परिषद् संरक्षक बासुदेव थापाले बाँकि ६ जनालाई मनोनीत गर्नुभएको छ ।

आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा स्काउट परिषद् सदस्य २१ जनालाई शपथ ग्रहण समेत गराइएको थियो ।

कार्यक्रममा मेयर थापाले प्रधानाध्यापकको तर्फबाट शान्ति निकेतन विद्यालयका प्रधानाध्यापक दिपक नेपाल, मंहाकालेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण हरि कार्की र भैरव विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत, अन्य चन्दादाताबाट राजन कसपाल, दिपेश बिशुंन्के र श्याम श्रेष्ठलाई मनोनीत गर्नुभएको छ ।

नगरपालिकाको प्रमुख आयुक्तमा भने कृष्मा थोकर नियुक्त हुनु भएको छ। यसैगरी सदस्यहरुमा राजाराम बासी, जीवन सुवाल, योगेश हाडा, मिलन कायस्थ, अनील कस्पाल, अनु खोतेजा राजेश्वरी शिल्पकार, खरा कुमारी थापामगर, बिन्द्रा गोसाई र चन्द्रकान्ता प्रजापति निर्वाचीत हुनु भएको थियो । नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा र शिक्षा शाखा प्रमुख रत्न बहादुर कट्वाल पनि सदस्य रहनु भएको छ ।

प्रमुख आयुक्त थोकरले स्थानीय शैक्षीक प्रद्धति आयुक्तमा योगश हाडा, स्थानीय सुशासन, स्रोत विकास तथा वित्त आयुक्तमा मिलन कायस्थ, स्थानीय सदस्य बृद्धि आयुक्तमा अनिल कस्पाल, स्थानीय सामुदायिक विकास आयुक्तमा अनु खोतेजा, स्थानीय कार्यकारी समिति सदस्यमा जीवन सुवाल र रमा थापा मगरलाई नियुक्त गर्नु भएको थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख तथा स्थानीय स्काउट अध्यक्ष सरिता तिमिल्सिना भट्टराई र सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटालगायतले सूर्यविनायक स्थानीय स्काउटको नवनिर्वाचीत टिमले नमूना बनेर काम गर्ने बताउनुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न