नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्ने | Jana Aawaj News

नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्ने : Jana Aawaj News

काठमाण्डौं । नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ ।
आजको खेल नेपाली समयअनुसार साँझ सवा ४ बजेदेखि ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने बताइएको छ । दिन र रातमा खेलिने यो खेलमा नेपालले दिन र रातमा खेल्न लागेको यो पहिलो एकदिवसीय खेल रहेको छ ।
आज भइरहेको यो खेलमा नेपालले जित हात पार्दै सिरिजमाथि कब्जा जमाउने प्रयासमा रहने छ भने, यता पपुवा न्युगिनी पनि जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । अहिले नेपाली टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेको छ ।
नेपालले आयोजक ओमान र अमेरिकासँग सिरिज खेल्नेछ । त्यसैको तयारीस्वरुप नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको हो ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न