एमसिसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता | Jana Aawaj News

एमसिसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
एमसिसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता : Jana Aawaj News
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र अध्यक्ष ओलिबिच बालकोटमा भेटवार्ता यस्तै एमसीसीको विरोधमा कालो झन्डा देखाएर विरोध गर्ने विभिन्न दल र संगठनमा आबद्ध १५ जना प्रहरीद्धारा पक्राउ ।

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । चारदिने भ्रमणका लागि बिहिबार नै नेपाल आएकी फतिमा नेतृत्वको प्रतिनिधिमण्डल ओलीलाई बालकोट स्थित निजी निवासमा भेटेका छन् ।
नेपालको समग्र विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण तथा भेटवार्ता भएको छ ।
एमसिसी सम्झौताअनुसार सडक सञ्जाल, विद्युत प्रसारण लाइन तथा विभिन्न विकास निर्माणका कार्य लगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने भनिएको छ ।
बिहिबार एमसीसी प्रतिनिधिमण्डल र ओलिबीच छलफल भएको छ । ओलीसंगको भेटवार्तापछि फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल लगायतलाई बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाएका हुन् । विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न