आधुनिक जीवनशैली र खानपिनले नसर्ने रोगको जोखिम बढ्दै | Jana Aawaj News

आधुनिक जीवनशैली र खानपिनले नसर्ने रोगको जोखिम बढ्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आधुनिक जीवनशैली र खानपिनले नसर्ने रोगको जोखिम बढ्दै : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप बहु-प्राविधिक संस्थान तथ्याकं प्रस्तुतीकरण तथा जनचेतनामुलक नाटक प्रर्दशनीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धुम्रपान र मद्यपानले क्यान्सर जस्ता घातक रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको बताउँदै आधुनिक जीवनशैली र खानपानले अहिले सर्ने भन्दा नसर्ने रोगको जोखिम बढिरहेको बताउनुभयो ।

उक्त विचार उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागको प्रवीणता प्रमाणपत्र तह नर्सिङ पहिलो वर्षको २० औं ब्याचमा अध्ययनरत विद्यार्थीहरुद्वारा भक्तपुर नपा वडा नं. ९ मा गरेको समुदाय नर्सिङअन्तर्गत ‘तथ्यांक प्रस्तुतीकरण तथा स्वास्थ्य सम्बन्धी नाटक प्रदर्शनी’ व्यक्त गर्नुभएको हो ।

उहाँले स्वास्थ्य निकै संवेदनशील विषय भएको हुँदा चिकित्सकको सल्लाह र परामर्शअनुसार मात्रै बिरामीहरुले औषधी सेवन गर्नुपर्ने जोड दिँदै महिला र पुरुषहरुलाई समान ढंगले व्यक्तित्व विकास गर्ने अवसरहरु प्रदान गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट प्रसुती सेवा प्रदान गरेसँगै नगरबासीहरुलाई निकै सहज भएको बताउँदै उहाँले जनतालाई सस्तो र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता पूरा गर्ने क्रममा काम गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा। रत्नसुन्दर लासिवाले भक्तपुर नपाले सञ्चालन गरेको नर्सिङ क्याम्पसबाट २० वटा ब्याचलाई नर्सिङ विषय अध्ययन गराइसकेको जानकारी गराउँदै देशको लागि दक्ष नर्स उत्पादनमा यस कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागको प्रवीणता प्रमाणपत्र तह नर्सिङ पहिलो वर्षका विद्यार्थीहरुले वडा नं। ९ मा गरेको अध्ययनअनुसार सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारी, फोहोर व्यवस्थापन, परिवार योजना, जनसंख्या आदि विषय समेटेर तथ्यांक प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले स्वास्थ्यसम्बन्धी नाटक प्रदर्शनी र सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा वडा नं। ९ का महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

+ posts