आज मन्त्रिपरिषद् बैठक बस्दै | Jana Aawaj News

आज मन्त्रिपरिषद् बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज मन्त्रिपरिषद् बैठक बस्दै : Jana Aawaj News
आज शुक्रबार ११ः४५ मा मन्त्री परिषद् बैठक बस्दै ।

काठमाडौँ । सत्तारुढ दलको शीर्ष नेताहरूको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान ११ः४५ मा मन्त्रिपरिषद् बैठक बस्न बोलाइएको बताइएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
आज बस्ने भनिएको बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । गठबन्धनको शीर्ष नेताको बैठक बिहीबार बसेको बैठकमा कुनै सहमति भने हुन सकेन । बिहीबारको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडोभन्दा चाँडो गर्ने निष्कर्ष निकालेको थियो । आजको बैठकमा एमसीसीबारेमा साझा धारणा बनाउने बारेमा समेत छलफल गर्ने महत्वपूर्ण निर्णय समेत हुन सक्ने बताइएको छ ।

+ posts