भक्तपुरका विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक | Jana Aawaj News

भक्तपुरका विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरका विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक : Jana Aawaj News

भक्तपुर । भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमवीच भक्तपुर नगरपालकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकको विमोचन गर्नुभयो ।
पुस्तकमा लेखकले आफनो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राकाबारेका विभिन्न पक्षहरुकाबारेमा बयान गरेका छन् । भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका विश्वराम अहिले ६१ वर्षका रहेका छन् ।
पुस्तक ६ खण्डमा विभाजित रहेको छ । पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां र व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन् ।
सुरुमा शिक्षण पेशा रोजेका विश्वराम अहिले भक्तपुरका चर्चित व्यवसायिमा गनिन्छन् । शिक्षण पेशाबाट सेवा निबृत भएपछि उनले व्यवसायिक जीबन सुरु गरेका थिए । यो वीचमा उनी खेलकुद जीवनमा पनि लागेका थिए । साथै उनी समाजसेवी पनि हुन् । पुस्तकमा उनले आफना जीवनका यिनै पाटोहरुकोबारेमा चर्चा गरेका छन् ।
पुस्तकमा उनको बारेमा विभिन्न नौ जना विद्धानहरुले लेखेका कुराहरु ठाउँंठाउँंमा प्रस्तुत गरेका छन् । उनको शिक्षण पेशा, उनको खेलकुद, उनको समाजसेवा, उनको व्यवसाय आदि विषयमा बुझेकाचिनेका व्यक्तिले उनकोबारेमा लखेको विषयवस्तु वीचवीचमा पुस्तकका समावेश छन् । खेलकुद जीवनकोबारेमा रवीन्द्र खर्वुजा, शिक्षणबारेमा डा किशोर हाकुदुवाल, सामाजिक कार्यकोबारेमा रामगोपाल कर्माचार्य, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्यलगायतले उनको बारेमा लेखेका छन् ।
पुस्तकको विमोचना गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वरामको पुस्तक समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो । लेखक कवांले पुस्तक विक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ सहयोगार्थ प्रदान गर्ने जानकारी कार्यक्रममा गराउनुभयो । पुस्तक एक सय ४५ पृष्ठको रहेको छ । पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका थिए । विमोचन समारोहमा विभिन्न व्यक्तित्वहरुले प्रकाशित पुस्तकबारे चर्चा परिचर्चा गरेका थिए ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न