६ शिक्षक शिक्षिका सम्मानित | Jana Aawaj News

६ शिक्षक शिक्षिका सम्मानित

पढ्न लाग्ने समयः < 1 मिनेट
६ शिक्षक शिक्षिका सम्मानित : Jana Aawaj News
सेवा निबृत भएका शिक्षक शिक्षिकाहरुलाई सम्मान गर्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ।

भक्तपुर । भक्तपुरका ६ जना शिक्षक शिक्षिका सम्मानित भएका छन् । सेवा निबृत भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिं र शिक्षिका शारदा कर्माचार्य सम्मानित भएका हुन् ।
सेवा निबृत शिक्षक समाज भक्तपुरको दोश्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढार्ई उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले जीवनभर शिक्षण पेशामा लागेका शिक्षकहरु ज्ञानशीपका गहना भएको भन्दै उनीहरुले आफनो ज्ञान र शीप निबृत भएपछि पनि देश र जनताका लागि समर्पित गर्नुएको कुरामा जोड दिनुभयो । समाजका अध्यक्ष नाति कवां, सचिव रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवा, बालमुकुन्द बासुकला, लक्ष्मीनारायण दुवाल, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालगायतले आफूहरु अहिले पनि सक्षम भएको भन्दै सक्षम भएसम्म आफूहरु सक्रिय रहने बताए । हामी अझै सक्षम छौं भन्ने नाराका साथ दुई वर्ष अगाडि समाजको स्थापना गरिएको हो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न