महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न  | Jana Aawaj News

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न  : Jana Aawaj News
सन्जिब दुलाल 
 काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भएको आँखा शिविरबाट मोतीबिन्दु देखिएका ६६ जनाको संस्थाले निःशुल्क शल्यक्रिया भएको हो । वैशाख ८ गते शनिवार आयोजित शिविरबाट आँखाका शल्यक्रिया गर्नु पर्ने ६६ जनाको काठमाडौँको फूलबारी गुम्बामा १७ गते निःशुल्क शल्यक्रिया सम्पन्न भएको हो ।
पालिका र गोकुलेको विकट स्थानमा भएको आँखा शिविरमा ५२५ जनाको आँखा परीक्षण गरिएको खुड्किलो नेपालकी अध्यक्ष तारा सम्पाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार विकट गाउँमा स्वास्थ्य पहुँच कम, आफ्नो उपचार गराउन पनि बिरामी सदरमुकाम सम्म आउनु पर्ने तथा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित रहेका बिरामीहरूलाई संस्थाको पहलमा निःशुल्क उपचारको व्यवस्था गरिएको हो ।
शिविरमा २५५ जनालाई निःशुल्क चस्मा वितरण समेत गरिएको राईले जानकारी दिनुभयो । गाउँमा २०७२ पछाडि पहिलो पटक आँखा शिविर सञ्चालन भई आँखाको स्कृनिङ, निःशुल्क औषधी, निःशुल्क चस्मा वितरण तथा शल्यक्रिया समेत हुँदा गाउँ बासी निकै खुसी भएका थिए ।
गाउँमा मोतिविन्दुका बिरामी पत्ता लगाउन तथा उनीहरूको उपचारका लागि नै यो शिविरको आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । शिविरमा १५ वर्ष देखि ८० वर्ष सम्मका बिरामीको परीक्षण भएको थियो ।
शिविर काभ्रे जिल्ला समन्वय समिति र महाभारत गाउँपालिकाको सहकार्य तथा प्राविधिक सहयोग ख्वप तिलगंगा आँखा अस्पताले गरेको थियो ।
आँखा शिविरमा आँखा परीक्षणका लागि ६ जना प्राविधिक टोली पालिका पुगेको थियो । गाउँमा अझै पनि धेरै आँखाका बिरामी रहेको बताउँदै राई भन्नुहुन्छ आँखा पनि चेक जाँच गराउनुपर्छ भन्ने गाउँमा चेतनाको अभाव रहेको आफूहरूले पाएको बताउनुभयो ।
मोतिविन्दुको शल्यक्रिया पछाडि आँखाको हेरचाहको विषयमा समेत बिरामीलाई संस्थाले निःशुल्क परामर्श दिएको थियो ।
+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न