सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विमल राउत ३२ वर्षको हुनुभयो र गाउँले जीवनमा नै खुसी हुने उहाँले गाउँकै सहकारीमा काम गर्नुभयो ।
बिस्तारै अरूले दिएको समयसङ बाँधिएर आफूले काम गर्ने भन्दा पनी सोही समय आफूलाई नै दिने र व्यवसाय गर्ने सोचका साथ विगत ६ महिना देखी विभिन्न कच्चापदार्थ सङ्कलन गर्दै एउटा छाप्रो बनाएर साबुन उत्पादनको काम सुरु गर्नुभयो । बनेको साबुनको चाङ अगाडि बसेर मुस्कुराउँदै उहाँ भन्नुहुन्छ अहिले दैनिक हामी श्रीमान् श्रीमती मिलेर ३ सय पिस भन्दा बढी साबुन तयार गर्दै आएका छौँ । छोराछोरीले पनि स्कुल जानुअघि र फर्केर आएपछि सघाउने गर्छन् ।

यति छोटो समयमा नै साबुनले बजार लिन थाल्दा अझै जनशक्ति थप्नुपर्ने भएको छ । स्वदेशमा नै रोजगारीको अवसर सँगै देशलाई आत्मनिर्भर बनाउन केही भए पनि टेवा पुर्याउन पाउँदा आफू निकै खुशी भएको उहाँ बताउनुहुनउहुन्छ ।
सुरेश तिमल्सिना
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 346979