काठमाडौं । आजबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा भारी कटौति गरेको छ । निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोलमा ७ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको छ ।
अब पेट्रोलको मूल्य १७१ रुपैयाँ र डिजेल तथा मट्टितेलको १५४ रुपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसाले घटेर आएको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related

Total views : 345242