श्रमाधान रोजगार मेला शुरु | Jana Aawaj News

श्रमाधान रोजगार मेला शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
श्रमाधान रोजगार मेला शुरु : Jana Aawaj News

जन आवाज संवाददाता
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सात वटै प्रदेश आयोजना हुने श्रमाधान रोजगार मेला बिहीबारबाट सुरु भएको छ । उक्त मेला जेष्ठ १७ गतेदेखि ३० गते सम्म संचालन हुने छ ।

उक्त मेलाको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गर्नुहुदैं प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम, सिप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने उहाँले बताउनुभयो ।
। मन्त्रालयका अनुसार मेला देशको सातै वटा प्रदेशमा आयोजना हुनेछ । प्रत्येक प्रदेशमा दुई दिन सञ्चालन हुने बताइएको छ । उक्त मेला जेष्ठ २९ र ३० गते ललितपुरको पाटन बहुमुखी क्यम्पसमा सम्पन्न हुनेछ ।

मन्त्रालयका अनुसार मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वधन गर्ने र युवाले देशभित्रै रोजगार पाउने वातावरण निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोे मन्त्रालयले बताएको छ ।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतले पनि स्टल राख्नेछन् ।

मेलाको तालिका बनाइएको छ, जसअन्र्तगत मधेश प्रदेशको जनकपुरमा जेष्ठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मतीको ललितपुरमा २९ र ३० जेष्ठमा मेला आयोजना हुने बताइएको छ ।

 

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न