नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरुको मिलोमतोमा सुर्तीमा कर कम गरेको आरोप | Jana Aawaj News

नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरुको मिलोमतोमा सुर्तीमा कर कम गरेको आरोप

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरुको मिलोमतोमा सुर्तीमा कर कम गरेको आरोप : Jana Aawaj News
oplus_2

काठमाडौं । विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय बक्तृत्व प्रतियोगिता आयोजना गरेको छ ।

बालबालिकालाई सुर्तीबाट बचाऔं भन्ने यसपालीको विश्व धुम्रपानरहित दिवसको नारालाई सार्थक पार्नका लागि प्रतियोगिताको आयोजना गरिएको एनसिडी एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले बताउनुभयो ।

विश्वमा बालबालिकाहरु प्रत्यक्ष सुर्ती सेवनका अलावा अरुले गरेको धुम्रपानबाट हुने हानी अर्थात निष्क्रिय धुम्रपानबाट झन ग्रसित भएकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कार्यान्वयन गर्न सवैले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले सुर्तीजन्य पदार्थमा ४ हजार किसिमका विष हुने र यसले शरीरका प्रत्येक अंगलाई खराब गर्न सक्ने भएकाले कम्तिमा बालबालिकालाई यो कुलतबाट टाढा राख्न सकेको खण्डमा भावी पुस्ता स्वस्थ हुने बताउनुभयो ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट नेपालमा मृत्यु दर २७ हजारबाट ३५ हजार पुगिसकेको तथ्यांक आइसकेको र नेपालमा सुर्ती सेवनका लागि मात्रै ६७ अर्व रुपैयाँ खर्च गर्ने गरेको जानकारी दिनुभयो ।
सुर्तीलाई नियन्त्रण तथा नियमन गर्न विश्व स्वास्थ्य संगठनले सुर्ती कर ७५ प्रतिशत पु¥याउन गरेको विश्व आग्रहलाई नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरुले उद्यमीको प्रभाव र दबाबमा परी ३ प्रतिशत मात्र पुर्याई ३३ प्रतिशतमा नै सीमित राख्ने प्रपञ्च रचेको जानकारी दिनुभयो ।
एनसिडी एलायन्सका महासचिव किशोर प्रधानाङ्गले विद्यालयको १ सय मिटरसम्म सुर्ती विक्रिवितरण गर्न नपाइने कानुन र बालबालिकालाई सुर्ती विक्रि वितरणमा कानुनले रोक लगाए पनि कार्यान्वयन गर्ने तह नजर अन्दाज गरेर बसेको बताउनुभयो।

वक्तृत्वकला प्रतियोगितामा तिलंगटार माविकी सहिसा सिंह प्रथम भइन् भने सोही स्कुलका मोहित वाग्ले द्वितीय भए । प्रतियोगितमा सत्य साइ शिक्षा सदनका अंक्क्षेत्र झा तृतीय हुन सफल भए । विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न