अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक | Jana Aawaj News

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक : Jana Aawaj News

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ ।
समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताउनुभयो । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हो। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
‘बहुरानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=tkwEI4syiww

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न