नागार्जुनको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ५२ करोड | Jana Aawaj News

नागार्जुनको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ५२ करोड

पढ्न लाग्ने समयः 2 मिनेट
नागार्जुनको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ५२ करोड : Jana Aawaj News

काठमाडौँ असार ११ गते । नागार्जुन नगरपालिकाले आगामी आर्थिक २०८१÷०८२ का लागि दुई अर्ब, ५२ करोड पचास लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नवौं नगर सभामा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले बजेटसँगै विनियोजन र आर्थिक विधेयक पनि सभामा पेश गरेको छ । नगरपालिका प्रमुख मोहनबादुर बस्नेतले नगरपालिकाले स्थानीय नागरिकको भावनालाई समेटिएर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गरेको बताउनुभयो ।
नगर सभाको उद्घाटन् गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले नागार्जुन नगरपालिकाले सबै पक्षलाई समेटिएर ल्याएको बजेट संघ र प्रदेश सरकारका लागि पनि अनुशरण योग्य भएको बताउनुभयो । उहाँले नगर सभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधित्व नगर्ने राजनीतिक पार्टीका नेता, नागरिक समाजका अगुवा, बुद्धिजिवीसँग पर्याप्तरुपमा छलफल गरेर सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेट संघ र प्रदेश सरकारका लागि समेत मार्गदर्शन भएको स्पष्ट पार्नुभयो ।


सो अवसरमा काठाडौँ. क्षेत्र नं ७ का प्रतिनधि सभा सदस्य गणेश पराजुली, पूर्वमन्त्री कल्पना धमला, पूर्वमन्त्री बिक्रमबहादुर थापा, पूर्वमन्त्री राधाकृष्ण मैनाली ,वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मन्त्री केशवप्रसाद पोखरेल, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेश मन्त्री प्रकाश श्रेष्ठको सहभागिता रहेको थियो ।


त्यस्तै पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य उद्धव थापा, बागमती प्रदेश सभा सदस्य बालकुमारी विश्वकर्मा, बागमती प्रदेश सभा सदस्य आशा लामा, जिल्ला समन्वय समिति काठाडौँका प्रमुख सन्तोष बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थितमा कार्यपालिका बैठकबाट उक्त सभामा प्रस्तुत गरिएको बजेटलाई अनुमोदन गरिएको थियो । सो अवसरमा नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न