
भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायके नगरपालिकाको विभिन्न वडामध्य वडा नं. ७ मा यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरणीय नगरपालिका बन्न सफल भएको छ ।



नगरपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न नसकिएको बताउनुभयो ।




त्यसको भर्पाइ गर्न नसकेता पनि नगरपालिका स्तरबाट भने प्रयास गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाको बजेट बाट नै ७ नम्बर वडामा विभिन्न नयाँ सडक बनाइएका र बस्ती भित्र जाने सडक कालोपत्रे समेत गरिएको उहाँले जानकारी दिनुभयो । वडामा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रणबम बस्नेत पाटी’ निर्माण गरिएको र तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्तिसमेत बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।



सडक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पुर्याउनका लागि पनि कार्यहरु गरिरहेको छ । दिगो विकासको योजना २०१५/२०३० अन्तर्गत नेपालले लिएको ९९ प्रतिशत मानिसहरुमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य पुरा गर्नका लागि नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको छ ।

प्रत्येक वडा एक सदस्य रहनेगरि पाण्डुबजारमा निर्माण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट पानी वितरण गरिने र वडाले आफ्नो वडामा खपत भएको पानीको एकमुष्ठ पैसा तिर्नेगरि योजना बनाइएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 355235










