
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
२०७७ असार ३० मा सर्वोच्च अदालतको परमादेशपछि पदमुक्त भएका ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निजीनिवास बालकोट पुग्नुभएको थियो भने, तीन वर्षपछि आइतबार उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
यसैगरी एमालेबाट उपप्रधानमन्त्रीसहित विष्णु पौडेल अर्थ, शिक्षामा विद्या भट्टराई, पदम गिरी सञ्चार, योगेश भट्टराई शहरी विकास मन्त्रालय सम्हाल्ने छलफल भएको बताइएको छ । यता कांग्रेसको तर्फबाट नेतृत्व गर्दै प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उप्रधानमन्त्री बन्ने बताइएको छ । कांग्रेस र एमालेले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको बताइएको छ । साथै शपथ ग्रहण सोमबार ११ बजे हुने बताइएको छ ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 





 Total views : 295907
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


