कोन्ज्योसोममा गाउँ गौरवका आयोजना | Jana Aawaj News

कोन्ज्योसोममा गाउँ गौरवका आयोजना

पढ्न लाग्ने समयः < 1 मिनेट
कोन्ज्योसोममा गाउँ गौरवका आयोजना : Jana Aawaj News

 

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ सञ्चालन हुने गाउँ गौरवका आयोजनाहरु विस्तार गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ ।

गाउँपालिकाले हाल क्रमागतरुपमा रहेको शंखुमा दश शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, मगरगाउँ मावि प्राविधिक विद्यालय छात्राबास निर्माण, कान्छाकाजी सिकारीका घरदेखि वतिस्योम हुँदै वासुकीसम्म सडक स्तरोन्नती क्रमागत आयोजनालाई निरन्तता दिने, त्यस्तै बुर्चेको मोडदेखि भट्टेडाँडाँ ड्यामसम्म सडक स्तरोन्नती तथा कालोपत्रे योजनालाई गाउँ गौरवको योजनामा पारेको छ ।

त्यस्तै शंखु छोर्तेन निर्माण, कार्य गोठभञ्ज्याङ्ग मावि भवन निर्माण, लोप्चन टोलदेखि गाउँपालिकाको कार्यालय हुँदै देउरालीसम्म मोटरबाटो स्तरोन्नती गर्ने योजना गाउँपालिकाले बनाएको छ । उक्त योजनालाई पूर्णरुपमा कार्यान्वयन गरी विकास निर्माणको कामलाई तीव्रता दिने नीति गाउँपालिकाले बनाएको कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न