आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु | Jana Aawaj News

आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा शुक्रबार आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताउनुभयो ।

६ वर्षीया रियान्सी सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट ओर्लिएर बाटो क्रस गर्न लाग्दा त्यहि बसको ठक्करले गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई डा. ईवामुरा अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिनुभयो । बस चालक ५९ वर्षीय कान्छा देउपाललाई प्रहरीले पक्राउ गरेको छ ।

+ posts

 

 

ताजा
1 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
2 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
3 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
4 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न