रवि लामिछानेको बयान हिजो आधा भएकोले आज पनि निरन्तर | Jana Aawaj News

रवि लामिछानेको बयान हिजो आधा भएकोले आज पनि निरन्तर

पढ्न लाग्ने समयः < 1 मिनेट
रवि लामिछानेको बयान हिजो आधा भएकोले आज पनि निरन्तर : Jana Aawaj News

भक्तपुर । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा विहिबारदेखि सुरु भएको बयान हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको छ ।

हिजो न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए भने, आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने बताइएको छ । यसैगरी प्रहरीले आइतबार रवि सहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङ सहितका ३१ जना विरुद्ध सहकारी ठगी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकोमा बयान सक्न एक दुई दिन लाग्ने र त्यसपछि थुनछेकको बहस हुने जिल्ला अदालतले बताएको छ ।

यसैगरी रविमाथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएकोमा रवि सहित १९ जना विरुद्ध सङ्गठित अपराधम समेत मुद्दा चलाइएको छ । उक्त बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय हुने बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न