परमेश्वरको मण्डलीद्धारा बोडेको नीलबाराहीमा वृहत सरसफाइ अभियान सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्धारा बोडेको नीलबाराहीमा वृहत सरसफाइ अभियान सम्पन्न

भिडियो सहित

पढ्न लाग्ने समयः 5 मिनेट
परमेश्वरको मण्डलीद्धारा बोडेको नीलबाराहीमा वृहत सरसफाइ अभियान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ‘अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस अक्टोबर १३, ‘अन्तर्राष्ट्रिय पर्वत दिवस डिसेम्बर ११ को सम्झनामा विपद रोकथाम र हरियाली संरक्षण गर्ने कार्यमा सराहनीय भूमिका निर्वाह गर्दै मध्यपुर थिमीको वडा नं ९ स्थित नीलबाराही सामुदियक वन तथा वनभोज स्थलमा ‘आशाको वन’ अभियान अन्तर्गत सर–सफाई कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा आयोजकका तर्फबाट सचिव बोल बहादुर मगरज्यूले प्रज्ज्वलनशील पदार्थका कारण हुने डढेलोबाट वन–जंगलको हरियालीलाई जोगाउने र पारिस्थितिक वातावरणलाई संरक्षण गर्ने कार्यचाहिँ, स्वस्थ मानव-जीवनसँग नजिकको सम्बन्ध भएको र स्थानीय समुदायमा सुरक्षा थपेर हरियाली बढाउँदै लगेर दिगो विश्व वातावरण कायम राख्ने लक्ष्यका साथ सदस्यहरू एकसाथ सहभागी भएको आशाको वन अभियानचाहिँ, कार्बन उत्सर्जन न्यूनीकरण गरेर हरियाली सिर्जना गर्न योगदान पुर्याई दिगो तथा सुरक्षित समाज निर्माण गर्न परमेश्वरको मण्डलीले गरिरहेको सामाजिक गतिविधि हो भन्नुहुँदै वृक्षारोपण, हानिकारक बोट-बिरुवा न्यूनीकरण, फोहोर र प्रज्वलनशील सामग्री सङ्कलन, वन डढेलो रोकथाम जस्ता गतिविधिहरू गर्दै आइरहेको बताउनुभयो ।


नील बाराही सामुदायिक वन तथा वनभोज स्थलमा आयोजना गरिएको कार्यक्रममा परमेश्वरको मण्डलीका सदस्यहरू र उनीहरूका परिवार, अनि छिमेकीहरू गरेर ३०० जनाले उक्त क्षेत्रको २ किलोमिटर दूरीमा डिस्पोजेबल फोहोर, जथाभावी फ्याँकिएका प्लास्टिक, क्यान, प्लास्टिकका झोला, शीशी लगायत प्रज्वलनशील पदार्थ र फोहोरहरू संकलन गरिएको थियो । बिहान साढे ७ बजेदेखि डेढ घण्टासम्म जारी रहेको उक्त अभियानद्वारा १०० बोराभन्दा बढी प्लास्टिक फोहोरहरू सङ्कलन भएको थियो ।


नील बाराही वन क्षेत्रचाहिँ सहरभित्र अवस्थित सानो वन हो । यो ठाउँ स्थानीयबासीका लागि वनभोज र हाइकिङ स्थलको रूपमा निकै लोकप्रिय छ । यो ठाउँमा धेरै मानिसहरू घुम्न आउने भएकाले यहाँ जथाभावी फ्याँकिएका फोहोरहरू पनि उत्तिकै धेरै थिए । ९ नं. वडा कार्यालयले परमेश्वरको मण्डलीको अभियानलाई उच्च मूल्याङ्कन गर्नुका साथै फोहोर सङ्कलनका लागि नेप्से म्याकबाट ट्रकको बन्दोबस्त मिलाइएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि ९ नं वडाका वडाअध्यक्ष सानुकाजी राजबाहकले परमेश्वरको मण्डलीले आज यो ठाउँमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । यो अभियानले संसारलाई नै सफा बनाउने बताउनुभयो । यो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै वडाको तर्फबाट सधै साथ सहयोग रहने बताउनुभयो ।


यसैगरी चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले परमेश्वरको मण्डलीले निरन्तर रुपमा यो कार्यक्रलाई निरन्तरता दिदै आएको छ । हामीहरु र सबै संघसस्थाहरु समेत मिलेर वातावरण संरक्षण गर्नका लागि हातेमालो गर्दै अघि बढ्न आग्रह समेत गर्नुभयो ।


आजको उक्त कार्यक्रममा भक्तपुर संगठन अन्तर्गत भक्तपुर, बनेपा, दुवाकोट, सल्लाघारी, च्यामासिंग, तिनकुने, मन्थली लगायतका स्थानबाट सरसफाईमा सहभागीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा जनजागरण पार्टीका केन्द्रीय सचिव भीमबहादुर लिम्बू, अन्तराष्ट्रिय वी लभ यू फाउण्डेशनका उपाध्यक्ष हिराकुमार राना मगर लगाएतका अतिथिहरूको सहभागिता रहेको थियो ।
यसैबीच, हरियाली संरक्षण र वन डढेलो रोकथामको महत्त्वलाई प्रवद्र्धन गर्न प्यानल प्रदर्शनी पनि गरिएको थियो । स्थानीयवासीहरूले आफ्नो दैनिक जीवनमा लागू गर्न सकिने हरियाली संरक्षणका उपायहरू लेख्दै, अनि समर्थन हस्ताक्षर पनि गर्दै, आशाको वन अभियानमा सहभागी हुने इच्छा व्यक्त गरे ।


परमेश्वरको मण्डलीले यसअघि ११ तारिखमा पनि चितवन राष्ट्रिय निकुञ्जमा आशाको वन अभियान गरेको थियो । यस्तो कार्यचाहिँ परमेश्वरको मण्डलीको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा गरिने ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्जचाहिँ ‘सङ्कटमा परेको विश्वव्यापी गाउँमा आशा बाँडौं’ भन्ने उद्देश्यका साथ दिगो विकास लक्ष्यहरू (SDGs) सँगसँगै कदम चाल्दै जलवायु परिवर्तनविरुद्ध प्रतिक्रिया, गरिबी र भोकमरी उन्मूलन, र दिगो तथा सुरक्षित समाज निर्माण जस्ता ६ वटा विधाहरूमा सञ्चालित छन् ।


यसै सन्दर्भमा अन्तर्राष्ट्रिय स्मृति दिवस रहेको ‘नीलो आकाश दिवस सेप्टेम्बर ७ र ‘ओजोन तह संरक्षण दिवस सेप्टेम्बर १६ को उपलक्ष्यमा काठमाडौंको टोखा, बनेपा, सुदूर-पश्चिमको टीकापुरमा आशाको वन अभियान गरिएको थियो । काठमाडौंको छग्डोल सामुदायिक वन र कोशी प्रदेशको रतुवाखोला परिसर क्षेत्रमा करीब १,०५० वटा वृक्षारोपण पनि गरिएको थियो । काठमाडौंको भङ्गाल धोबीखोला, सूर्यविनायक, गण्डकी प्रदेशको बर्दाघाट आदि क्षेत्रहरूमा पनि ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान गरिएको थियो । ‘प्लास्टिकको फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गरेर फ्याँकेका प्लास्टिकको कुल मात्रा हो ।


१७५ वटा देशका ७,८०० वटाभन्दा बढी क्षेत्रहरूमा स्थापित भएको, अनि ३७ लाख जना जति सदस्यहरू आबद्ध यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, उद्धार, शैक्षिक सहयोग जस्ता स्वयंसेवाका गतिविधिहरू २९,००० पटकभन्दा बढी गर्दैआएको छ । यसले नेपाल देशभित्र अन्र्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा कोशी प्रदेश दमकको श्री जनचेतना आधारभूत विद्यालयलाई १०० वटा स्कुल झोला वितरण गरेको थियो । साथै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा पनि शैक्षिक प्रयोजनका कम्प्युटर वितरण, वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण आदिद्वारा आशा बाँड्ने कार्य गर्दै आएको छ । सन् २०१५ मा महाभूकम्प जाँदा परमेश्वरको मण्डलीले ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धार कार्यमा कडा प्रयत्न गर्दै हिमालयको उच्च पहाडी गाउँमा भएका १,००० घर परिवारका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न आपूर्ति गरेको थियोे । साथै २ ठाउँका प्राथमिक विद्यालयहरूमा कक्षाकोठा पुनर्निर्माण गर्ने कार्य समेत गरेको छ ।


यसरी व्यापक रूपमा परोपकारी कार्य गरेबापत परमेश्वरको मण्डलीले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी गरेर विभिन्न निकाय तथा संघ-संस्थाहरूबाट प्रशंसा-पत्र र कदर–पत्रहरू प्राप्त गरेको छ । मण्डलीले विश्वव्यापी रूपमा, कोरियाको ३ वटा सरकारबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट पदक, ब्राजिलको विधायिकी पदक आदि प्रत्येक देशका सरकार र निकायहरूबाट ४,८०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।

 

 

+ posts