भक्तपुर । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा विहिबारदेखि सुरु भएको बयान हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको छ ।
हिजो न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए भने, आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने बताइएको छ । यसैगरी प्रहरीले आइतबार रवि सहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङ सहितका ३१ जना विरुद्ध सहकारी ठगी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकोमा बयान सक्न एक दुई दिन लाग्ने र त्यसपछि थुनछेकको बहस हुने जिल्ला अदालतले बताएको छ ।
यसैगरी रविमाथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएकोमा रवि सहित १९ जना विरुद्ध सङ्गठित अपराधम समेत मुद्दा चलाइएको छ । उक्त बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय हुने बताइएको छ ।
Related