विष्णु पौडेलद्धारा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम नरोक्न सरकारलाई चेतावनी | Jana Aawaj News

विष्णु पौडेलद्धारा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम नरोक्न सरकारलाई चेतावनी

पढ्न लाग्ने समयः < 1 मिनेट
विष्णु पौडेलद्धारा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम नरोक्न सरकारलाई चेतावनी : Jana Aawaj News

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारलाई चेतावनी दिएका छन् ।

दोस्रो चरणको निर्माण कार्य अघिल्लो सरकारले नै अगाडि बढाएको बताउदै
नयाँ सरकारले काम रोक्न नहुने बताउनुभएको छ ।

उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घघाटन कार्यक्रममा बोल्दै पौडेलले अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यन्वन गर्दै एसियाली विकास बैंक एडीबीसँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाउन समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउन तयार भएको मोडालिटी अन्र्तगत एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा रहेको भएता पनि सरकारले काम अगाडि नबढाएको बताउनुभयो ।

सेकेन्ड फेजको काम बगाडि बडाउने पर्ने बताउदै सरकारले विमानस्थलको काम रोके लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न अहिलेको सरकारलाई सचेत हुन आग्रह गर्नुभयो ।

 

JAN
+ posts

Jana Aawaj News is agenuine news portal.