अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निमन्त्रणा | Jana Aawaj News

अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निमन्त्रणा

पढ्न लाग्ने समयः < 1 मिनेट
अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निमन्त्रणा : Jana Aawaj News

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा अमेरिकाका राष्ट्रपति जो वाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले वाइडेनलाई निमन्त्रणा गर्नुभएको हो ।

यस्तै जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उहाँहरुबीच भेटवार्ता भएको हो । भारत भ्रमणका लागि प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति वाइडेनले सकारात्मक रुपमा लिएको भारतीए विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले बताएको छ ।

विदेश मामिला मन्त्रालयद्वारा जारी उक्त वक्तव्यमा “प्रधानमन्त्री मोदीले राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति वाइडेनले सकारात्मक रुपमा लिँदै धन्यवाद दिनुभएको छ,” लेखिएको छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति वाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ । उहाँहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि छलफल भएको बताइएको छ ।

बुधवार अमेरिका आउनु भएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई शनिबार सम्वोधन गर्ने भ्रमण तालिका पनि रहेको छ ।

यसैगरी प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ तारिखसम्म अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया गर्ने बताइएको छ । अमेरिका भ्रमणका क्रममा उहाँले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न